नियम ३०
विलम्ब शुल्क
(१) निर्धारित समयमा सेवा शुल्क नबुझाउने उपभोक्ताले उपभोक्ता संस्था वा अधिकार प्रात व्यक्ति वा संस्थालाई तिर्नु बुझाउनु पर्ने सेवा शुल्कको अतिरिक्त विलम्ब शुल्क समेत तिर्नुपर्ने छ र त्यस्तो विलम्ब शुल्कको दर नियम २६ बमोजिम गठित सेवा शुल्क निर्धारण समितिले तोके बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम बुझाउनु पर्ने शुल्क एकमुष्ट वा पटक पटक गरी किस्ताबन्दीमा बुझाउन सक्नेछ । सेवा शुल्क र विलम्ब शुल्क बुझाउने तरीका र म्याद सेवा शुल्क निर्धारण समितिले तोकिदिए बमोजिम हुनेछ ।